फाइल तस्वीर

समाचार

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

By खबरहब

July 03, 2022

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।

उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएका प्रति उनीहरूको प्रशंसा गरिन् ।