बलिउड/हलिउड

‘स्ट्रेन्जर थिङ्स ४’ ले ल्यायो नेटफ्लिक्सको सर्भरमा समस्या

By खबरहब

July 03, 2022

काठमाडौँ- युवापुस्ताको रोजाइमा रहेको हरर वेब सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का अन्तिम दुई एपिसोडमा दर्शक चाप बढेपछि नेटफ्लिक्सको सर्भर नै डाउन भएको छ ।शुक्रबार सार्वजनिक भएसँगै अत्यधिक संख्यामा दर्शकले एकै चोटि हेर्न खोज्दा सर्भर नै डाउन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

भेराइटीका अनुसार सिरिजको चौथो सिजनको बाँकी रहेको एपिसोड सार्वजनिक भएसँगै १३ हजार मानिसले १ घण्टा भित्रमै नेटफ्लिक्सले काम नगरेको गुनासो गरेका थिए । दर्शकको गुनासो चुलिँदै गएपछि नेटफ्लिक्सले आधा घण्टामा नै सर्भरमा आएको समस्या हल गरेको थियो ।

‘स्ट्रेन्जर थिङ्स ४’ नेटफ्लिक्समा आउने बित्तिकै सबैभन्दा बढी हेरिने अंग्रेजी भाषाको सिरिज बनेको छ । सुपर नेचुरल हरर थ्रिलर श्रेणीको सिरिजमा वियोना राइडर, डेभिड हार्बर, मिली बबी ब्राउन आदि कलाकारको अभिनय रहेको छ