काठमाडौँ- नेपाली कांग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एएनसीसीको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुने भएका छन् ।
रिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न ११ औँ वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलनमा सहभागी हुन् गत जुलाई २ का दिन शनिबार डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन् ।
यस पटक उनको आगमनले निकै महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली संघले उठान गरेको गैर आवासीय नागरिकता लगायत विषयमा उनको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहेका छन् ।
नेपालमा आगामी निर्वाचन र संसदमा अड्किएर बसेको गैर आवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यस तर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त विषयमा सकारात्मक कदम चाली रहेको छ ।
आज हुने दुई दिने कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहने छन् । दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत प्रस्तुत गरिने छन् ।