अफगानिस्तानमा अमेरिकाको प्रभाव फेरि देखिएको छ। अमेरिकाले ड्रोन आक्रमणमा अलकायदाका नेता आयमान अल जवाहिरी मारिएका छन्। सीआइएले आइतबार अफगानिस्तानमा गरेको आतङ्कवाद विरुद्धको प्रत्याक्रमणको क्रममा उनको ज्यान गएको हो। जवाहरीले अमेरिकी नागरिकविरुद्धमा शृङ्खलाबद्ध रूपमा हिंसा मच्चाएको आरोप अमेरिकी राष्ट्रपति बाइडेनले लगाएका छन्। उनले भने, ‘अहिले न्यायको अनुभूत भएको छ। आतङ्कवादी नेता बाँकी छैनन्।’
सन् २०११ मा ओसमा बिन लादेनको मृत्यु भएपछि जवाहरीले अल कायदाको नेतृत्व गरेका थिए। यी दुई मिलेर अमेरिकामा सेप्टेम्बर ११ को हमला गराएका थिए। अमेरिकी अधिकारीले जनाए अनुसार दुई पटक ड्रोन आक्रमण हुँदा जवाहिरी कुनै स्थानमा सुरक्षित महसुस गरेर बसेका थिए। त्यस स्थानमा उनका परिवारका अन्य सदस्य पनि नभएका त होइनन्। तथापि जवाहरीको मात्र ज्यान गएर अन्य सबै सुरक्षित रहेका छन्। बाइडेनले महिनौंको योजनापछि अलकायदाको नेता मारिएको बताएका छन्।
जवाहरीले अमेरिकी नागरिकविरुद्धमा शृङ्खलाबद्ध रूपमा हिंसा मच्चाएको आरोप अमेरिकी राष्ट्रपति बाइडेनले लगाएका छन्। उनले भने, ‘अहिले न्यायको अनुभूत भएको छ। आतङ्कवादी नेता बाँकी छैनन्।’
उनको निधनमा सन् २००१ को आक्रमणका मारिएका करिब तीन हजार पीडितका परिवारलाई सान्त्वना मिलेको पनि बाइडेनले बताए। ‘यसका लागि कत्ति वर्ष लाग्छ अथवा कहाँ लुकेर बस्ने कुराको कुनै अर्थ रहँदैन, जब अमेरिकी नागरिकविरुद्धमा कसैले केही गर्छ भने उसको हबिगत यही नै हो,’ बाइडेनले भने।
बाइडेनले जहावरी अन्य थुप्रै हमलाका योजनाकारसमेत भएको बताएका छन्। सन् २००० मा नाडेलमा भएको एक बम आक्रमणमा १७ जनाको ज्यान गएको थियो। यसैगरी, सन् १९९८ मा केन्या र तान्जानीयाको दूतावासमा भएको आक्रमणमा २३ जनाको ज्यान गएको थियो।
बाइडेनले अफगानिस्तान आतङ्ककारीका लागि सुरक्षित स्थान नरहने बताएका छन्। तालीवान प्रवक्ताले अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय मूल्य र मान्यताको खिलाफ भएको प्रतिक्रिया दिएका छन। अमेरिकी अधिकारीले भने कानुनी आधारमै यो आक्रमण भएको बताएका छन्।
२० वर्ष अफगानिस्तानमा रहेको अमेरिका आफ्नो देशमा फर्केको एक वर्षको हाराहारीमा जवाहिरी मारिएका हुन्। सन् २०२० मा भएको सम्झौता अनुसार तालीवानले अलकायदा या अन्य कुनै आतङ्ककारी समूहलाई महत्त्व नदिने भन्ने थियो।
बाइडेनले जहावरी अन्य थुप्रै हमलाका योजनाकारसमेत भएको बताएका छन्। सन् २००० मा नाडेलमा भएको एक बम आक्रमणमा १७ जनाको ज्यान गएको थियो। यसैगरी, सन् १९९८ मा केन्या र तान्जानीयाको दूतावासमा भएको आक्रमणमा २३ जनाको ज्यान गएको थियो।
अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केटले जाहवरीलाई संरक्षण दिएर तालीवानले सम्झौताको उल्लङ्घन गरेको जनाएको छ। अल कायदाको स्थापनामा जाहवरीको भूमिका साँच्चै महत्त्वपूर्ण थियो। इजिप्टका यी चिकित्सक इस्लामिक सैन्य सङ्गठनमा आवद्ध भएका कारण जेलमा थिए।
सन् १९८५ मा जेलमुक्त भएपछि यिनी अफगानिस्तान पुगेका थिए। त्यसै स्थानमा धनी साउदी व्यापारी बिन लादेनसँग उनको सम्पर्क भएको थियो। यी दुईले अमेरिकाविरुद्धमा सङ्गठित लडाइँ लड्ने योजना बनाएका थिए।
यी दुईकै योजनामा सेप्टेम्बर ११ काण्ड भएपछि एक दशक लामो समय लगाएर अमेरिकाले बिन लादेनको ज्यान लिएको थियो। जवाहरीले यसको नेतृत्व लिएपछि प्राय गुमनाम रहे। सामान्य रूपमा मात्र गतिविधि हुने गरेको थियो। गएको वर्ष अमेरिकाले अफगानिस्तान छाडेपछि धेरैको अनुमान फरक थियो। सायद त्यहाँ अमेरिकाको कुनै उपस्थिति नै नहुने भन्ने अनुमान धेरैको थियो।
अफगानिस्तानमा इस्लामिक स्टेट लगायत अन्य कट्टर धार्मिक सङ्गठनको गतिविधि बढेपछि अमेरिकाले अलकायदाको बारे चासो नलिने अनुमान धेरैको थियो। जवाहरीको मृत्युपछि नयाँ कुनै व्यक्तिले नेतृत्व गर्ने पक्का छ। परन्तु अबको नेतृत्व विगतको भन्दा कम प्रभावकारी हुने देखिन्छ।
आँखाका सर्जन जवाहरीले इजिप्टमा इस्लामिक कट्टरपन्थी सैन्य समूहको स्थापना गरेका थिए। लादेनको मृत्युपछि अलकायदाको नेतृत्व लिएका उनी त्यसअघि धेरै अलकायदाको वार्ता टोलीको संयोजक थिए।
अमेरिकामा बाइडेनको यो कदमलाई साङ्केतिक रूपमा नयाँ बाटोमा प्रवेशको रूपमा व्याख्या गर्न थालेका छन्। चुनावी अभियानमै उनले सन् २०११ मा आफू उपराष्ट्रपति हुँदा बिन लादेन मारिएको तस्बिरलाई प्रचारमा ल्याएका थिए।
आँखाका सर्जन जवाहरीले इजिप्टमा इस्लामिक कट्टरपन्थी सैन्य समूहको स्थापना गरेका थिए। लादेनको मृत्युपछि अलकायदाको नेतृत्व लिएका उनी त्यसअघि धेरै अलकायदाको वार्ता टोलीको संयोजक थिए।
अमेरिकी अधिकारीका अनुसार जहावरीको मृत्युपछि तालीवान अधिकारीले त्यहाँ भ्रमण गरिसकेका छन्। वाइडेनले ‘आतङ्कवाद विरुद्धको युद्ध’ जारी राख्ने उद्घोषसमेत गरेका छन्। अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालीवानले सत्ता कब्जा त गरेको छ। तर, एक वर्षमै उनीहरूमा समेत बेचैनी बढेको छ।
सन् २००१ मा अमेरिकाले २५ आतङ्ककारीको सूची सार्वजनिक गर्दा जवाहरी दोस्रो स्थानमा थिए। त्यसै समयमा उनको टाउकाको मूल्य २५ मिलियन अमेरिकी डलर तोकिएको थियो। सन् २००७ मा संसारकै इस्लामलाई अमेरिकाको विरुद्धमा तथा आतङ्कको पक्षमा लाग्न प्रेरित गर्ने उनका १६ भिडियो तथा अडियो क्लिप बाहिर निस्किएका थिए।
सन् २००६ मा पाकिस्तान र अफगानिस्तानको सीमामा उनीमाथि आक्रमण भएको थियो। त्यस समयमा चार जना अलकायदाका सदस्य मारिएपछि जवाहरी बचेका थिए। जवाहरीले आफूलाई मार्न संसारका सबै शक्ति लागे पनि सम्भव नहुने बताउँदै दिँदै अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई पराजित गरेको प्रतिक्रिया दिएका थिए।
सन् २००१ मा अमेरिकाले २५ आतङ्ककारीको सूची सार्वजनिक गर्दा जवाहरी दोस्रो स्थानमा थिए। त्यसै समयमा उनको टाउकाको मूल्य २५ मिलियन अमेरिकी डलर तोकिएको थियो।
उनको जन्म र हुर्काइ भने शिक्षित र प्रतिष्ठित परिवारमा भएको थियो। सन् १९५१ को जुन १९ मा जन्मिएका उनी १५ वर्षको उमेरमै इस्लामिक सैन्य सङ्गठनमा आवद्ध भए बापत गिरफ्तारीमा परेका थिए। यसका बाबजुद चिकित्साशास्त्र अध्ययन गरेका उनी सन् १९७४ मा कायरो विश्वविद्यालयको मेडिकल स्कुलबाट ग्रयाजुएट भए भने त्यसको चार वर्षपछि आँखाको सर्जन भएका थिए। उनी अध्ययन गरेकै स्कुलमा बाबु फार्मोकोलोजीका प्राध्यापक थिए।
घरमै क्लिनिक खोलेका उनी इस्लामिक सङ्गठनमा आबद्ध हुँदै त्यहाँको सरकार अपदस्थ गर्ने अभियानमा नै सरिक भए। सन् १९८१ मा त्यहाँका राष्ट्रपति अनवर सादतलाई लक्षित गर्दै सैन्य परेडमा सहभागी भएको आशङ्कामा उनी गिरफ्तार गरिए।
अदालतमै उनले आफू इस्लाम भएको तथा इस्लामिक राज्य र इस्लामिक समुदाय स्थापना गर्न लागि पर्ने प्रतिक्रिया दिएका थिए। त्यसका बाबजुद राष्ट्रपतिलाई हत्या गर्ने कुनै योजना बनाएको प्रमाणित नभए पनि उनी तीन वर्ष जेलमा बिताउन बाध्य भएका थिए।
गलत पासपोर्ट प्रयोग गर्दै उनी अस्ट्रिया, यमन र इराक जस्ता देशमा पनि पुगेका थिए। सन् १९९६ मा अवैध भिसाका कारण उनले ६ महिना रुसी जेलमा बिताएका थिए।
त्यहाँबाट रिहा भएपछि उनी सन् १९८५ मा साउदी अरेबिया पुगेका हुन्। त्यसपछि उनी पाकिस्तानको पेसाएर हुँदै अफगानिस्तान पुगेका हुन्। सोभियत सङ्घको प्रभावमा रहेको अफगानिस्तानमै उनले चिकित्सा पेसालाई निरन्तरता दिए। जवाहरीले त्यहीँ रहँदा ‘इजिप्टीसीयन इस्लामिक जीहाद’ लाई पुनः सङ्गठित गर्दै आफूले त्यसको नेतृत्व लिए। इस्लामिक राज्यको माग गर्ने यसै समूहको आक्रमणबाट १ हजार २ सय जनाको ज्यान गएको थियो। सन् १९९७ मा उनी अमेरिकाले उनलाई आतङ्कवादीको सूचीमा मात्र राखेन पर्यटकमाथि आक्रमण गरेकाले अझ कडा निगरानी गर्न थाल्यो। त्यसको एक वर्षपछि इजिप्ट सैन्य अदालतले उनलाई मृत्यु दण्डको फैसला गरेको थियो।
स्रोत सङ्कलन गर्न १९९० मै पश्चिमा देश पुगेका उनी बुल्गेरिया, डेनमार्क र स्वीजरल्यान्ड पुगेका थिए। गलत पासपोर्ट प्रयोग गर्दै उनी अस्ट्रिया, यमन र इराक जस्ता देशमा पनि पुगेका थिए। सन् १९९६ मा अवैध भिसाका कारण उनले ६ महिना रुसी जेलमा बिताएका थिए। सन् १९९७ मा अफगानिस्तानको जलाललबादमा फर्केका उनले त्यही बिन लादेनलाई भेटेर अल कायदाको निर्माण गरेका थिए।
यस घटनापछि त्यस घटनामा बाच्ने र मारिनेका परिवारले खुसी व्यक्त गरेका छन् र उनीहरूले दुई दशकपछि खुसी हुने मौका पाए। थप माग भने अझै छ। त्यस समयमा आर्थिक रूपमा सहयोगी रहेका साउदी अरेबीयालीका बारे पनि चासो दिन उनीहरूले माग गरेका छन्।
जहावरीको निधनले इस्लामिक स्टेटले अलकायदालाई प्रतिस्थापन गर्दै सबै भन्दा शक्तिशाली इस्लामिक सैन्य सङ्गठन बन्ने सम्भावना पनि रहेको विश्लेषकको मत छ। स्रोत : सीएनएन, बीबीसी