देश/प्रदेश

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

By खबरहब

August 03, 2022

डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमै सवार २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्रयाक्टर हिजो साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।