समाचार

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा विरोध प्रदर्शन 

By खबरहब

August 03, 2022

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आम उपभोक्ता आन्दोलित भएका छन् ।