मुख्य समाचार

राष्ट्रपतिद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

By खबरहब

August 03, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।