फाईल फोटो

ब्रेकिङ स्टोरी

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाज रोकियो

By खबरहब

August 03, 2022

काठमाडौँ- काठमाडौँबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ ।

काठमाडौँबाट बुधबार १ः१० मा मुम्बई उड्नु पर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् ।