फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतमा १७ हजार नयाँ कोरोना सङ्क्रमित थपिए, ४७ जनाको मृत्यु

By खबरहब

August 03, 2022

काठमाडौँ- बितेका २४ घण्टामा भारतमा थप १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण भेटिएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः वृद्धि भएको देखिएको छ ।

२४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार छ सय १० पुगेको छ ।

महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार सात सय ३२ मात्रा खोप लगाइएको छ ।