फाइल तस्वीर ।

समाचार

सप्तकोसीको बहाव बस्ती प्रवेश गरेकामा चिन्ता व्यक्त

By खबरहब

August 03, 2022

विराटनगर– सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू चिन्तित भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् ।

उनले नदीको बहाव बस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रस लगायतका निकायलाई निर्देशन गरेका छन् ।