खेलकुद

एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीको बिदाइ 

By खबरहब

August 03, 2022

काठमाडौँ- इन्डोनेसियामा आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।

इन्डोनेसियाको जकार्तामा अगष्ट ६ र ७ मा हुने प्रतियोगीताका लागि नेपाल रग्वी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ जना अफिसियलहरु त्यसतर्फ जानेछन् । नेपाली टोलीको टीम क्याप्टेन एलिसा थापा रहेकी छिन् । बिदाइ कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिए।

प्रतियोगितामा नेपालका साथै भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम देशका महिला खेलाडीहरूले भाग लिनेछन् । प्रतियोगिता राउण्ड रोविन आधारमा खेलाइने रग्वी संघले जानकारी दिएको छ ।