फाइल तस्बिर

देश/प्रदेश

रेडपान्डाका लागि दुई करोड बजेट

By खबरहब

August 03, 2022

फुङ्लिङ- हिमाली संरक्षण मञ्चले रेडपान्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा रु दुई करोड दुई लाख बजेट रहेको बताइएको छ ।

रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चार वटा शीर्षकमा खर्च गरिने जनाएको छ ।

मञ्चका कार्यक्रम संयोजक रमेश राईले अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्या–पर्यटन प्रवर्धन शीर्षकमा खर्च हुने बताए।

जिल्लाको एक नगरपालिका र आठ गाउँपालिकामध्ये आठराई त्रिवेणी गाउँपालिकाबाहेक सबै पालिकाको वडामा कार्यक्रम कार्यान्वयन हुने मञ्चले जनाएको छ । रेडपान्डा नेटवर्कले ताप्लेजुङ सहित पाँचथर र इलाममा पनि कार्यक्रम सञ्चालनमा छ ।