फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा अवैध रुपमा बसोबास गरिरहेका अफगान आप्रवासीद्वारा युवाको गोली हानी हत्या

By खबरहब

August 03, 2022

काठमाडौँ– पाकिस्तानमा अवैध रुपमा बसोबास गरिरहेका अफगान नागरिकले एकजना युवाको हत्या गरेका छन् । पाकिस्तानको हैदरावाद सहरमा अवैध रुपमा बसोबास गरिरहेका अफगान नागरिकहरुले एकजना सिन्धी युवाको हत्या गरेका हुन् । हत्या हुनेमा बिलाल काका रहेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार रेस्टुरेन्टमा खाना खाने क्रममा विवाद भएपछि बन्दुकधारीले गोली प्रहार गरी काकाको हत्या गरेका हुन् ।

खाना खाएर पैसा तिर्ने बेला झगडा परेपछि अवैध रुपमा पाकिस्तानमा बसोबास गरिरहका रेस्टुरेन्ट सञ्चालक अफगान नागरिकले काका र उनका साथीहरुमाथि गोली चलाएका हुन् ।

आक्रमणका क्रममा काकाको मृत्यु भएको र उनका दुई साथीहरु घाइते भएको डेली पाकिस्तानले जनाएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा रहेका अफगान नागरिकहरु अवैध लागूऔषध कारोबार एवम् सम्पत्ति शुद्धिकरणजस्ता अपराधिक घटनामा संलग्न रहँदै आएका छन् ।