तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

पाकिस्तानको बलोचिस्तानमा सैनिक हेलिकोप्टर खसालेको विद्रोहीको दाबी

By खबरहब

August 03, 2022

काठमाडौँ– पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोही लडाकुहरुले सेनाको हेलिकोप्टर खसालेको दाबी गरेका छन् ।

बलोचिस्तानमा सक्रिय विद्रोही समूहहरुको छाता संगठन बलोच राजी आजोइ सङ्गरले विज्ञप्ति जारी गर्दै हवाईभेदी हतियारले होचो उचाइमा उडिरहेको सैनिक हेलिकोप्टर खसालेको दाबी गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको छ ।

मारिनेमा एकजना वरिष्ठ सैनिक कमाण्डर समेत रहेका छन् ।

बाढीबाट प्रभावितहरुको उद्दार एवम् खोजी अभियानमा रहेको सेनाको हेलिकोप्टरलाई लक्षित गरेको उक्त संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यता पाकिस्तानी सेनाले भने हेलिकोप्टर खसालेको विद्रोहीका दाबीलाई दुष्प्रचारको संज्ञा दिएको छ । सेनाले खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिएको छ ।