देश/प्रदेश

‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको आयोगको निष्कर्ष

By खबरहब

August 03, 2022

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

सो कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो अख्तियार स्रोतले बताएको छ ।

अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रममा रहेको अख्तियार स्रोतले जनाएको छ । आयोगको निस्कर्ष सगैँ अब ,प्रमुख सचिव सहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।