तस्वीर- गेटी इमेज फर एडिडास

खेलकुद

फिफा विश्वकप २०३० आयोजनाका लागि चार देशको दाबी

By खबरहब

August 03, 2022

काठमाडौँ– सन् २०३० को फिफा विश्वकप आयोजनाका गर्नका लागि चार देशले प्रस्ताव पेश गरेका छन् ।

चिली, अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि प्रस्ताव पेश गरेका हुन् । फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ ।

अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो । उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको एक शताब्दीपछि विश्वकप आयोजना गर्ने चाहना रहेको बताएको छ ।

सन् २०२२ को विश्वकप कतारमा आयोजना हुनेछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्नेछ ।