सांकेतिक तस्बिर

समाचार

परशुराम नगरपालिका–३ को कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

By खबरहब

August 03, 2022

डडेल्धुरा- परशुराम नगरपालिका वडानम्बर ३ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । वडाका विभिन्न विकास योजनामा भ्रष्टाचार गरिएको भन्दै सत्यतथ्य छानविनको माग राखेर तालाबन्दी गरिएको हो ।

त्यहाँका स्थानीयले वडा कार्यालयमा दिएको निवेदन नै वडा कार्यालयका कर्मचारीको मिलेमतोमा गायब पारिएपछि कार्यलयमा आज बिहान ११ बजेदेखि तालाबन्दी गरेको बताएका छन् ।

असार १७ मा स्थानीयहरुले टिकासिंह थलालले सार्वजनिक जग्गा कब्जा गरेको, खानेपानी पाईप काटेको लगायतमा आफ्नो दाई टिकासिंह थलालको अध्यक्षतामा कृते समिति खडा गरेर बजेट सकेको आरोपसहितको निवेदन कार्यालयमा दिएका थिए ।