तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्न दियो स्वीकृति

By खबरहब

September 03, 2022

काठमाडौं – अमेरिकाले ताइवानलाई १ दशमलव १ विलियन डलर अर्थात् १ खर्बभन्दा बढीको हतियार बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकाको रक्षा सुरक्षा सहयोग एजेन्सीले हतियार प्याकेजमा ६० वटा एन्टी–शिपमिसाइल, एक सय वटा एयर–टु–एयर मिसाइल र निगरानी रडार कार्यक्रमका लागि १ खर्ब ४० अर्ब ३४ करोडभन्दा बढीको हतियार बिक्री गर्न स्वीकृति दिइएको हो ।

चीनसँगको तनाव बढ्दै गएकाले अमेरिकाले ताइवानलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ । अमेरिकाले हतियारका सम्बन्धमा दिएको स्वीकृति र चिनियाँ नेताको यसअघिको ताइवान भ्रमणप्रति चीन भने रुष्ट बनेको छ ।