तस्वीर- एनडीटीभी/पीटीआई

अन्तर्राष्ट्रिय

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

By खबरहब

September 03, 2022

कोलम्बो – श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।

देश सबैभन्दा खराब आर्थिक संकटमा पुगेपछि देश छाडेर भागेका उनी सात हप्ता पछि शुक्रबार स्वदेश फर्किएका हुन्। राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राजापाक्षे विमानस्थलमा उत्रँदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने बित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा दिएका थिए ।