समाचार

सुत्केरी बेथा लागेको चार दिनपछि हवाई उद्दार 

By खबरहब

September 03, 2022

सुर्खेत – चार दिनदेखि सुत्केरी बेथा लागेको गर्भवतीको हवाई उद्दार भएको छ ।

बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाई उद्दार गरिएको हो ।

ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाई बेसबाट गएको हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।

घरमा सुत्केरी बेथा लागेकी उनलाई नगर अस्पतालमा लगे पनि चार दिनसम्म सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले जानकारी दिए ।