फाइल फोटो

क्रिकेट

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

By खबरहब

September 03, 2022

काठमाडौँ– दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो ।  

नेपालका लागि लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । उनले ९५ बल खेल्दै सात चौका हाने । यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्ले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान दिए । 

बलिङतर्फ केन्याका लागि नेहमिह ओढियाम्बो, शेम एन्गोचे र विराज पटेलले दुई दुई विकेट लिए । अहिले केन्याले जबाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो ।

उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् ।