फोटो फिचर

सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व टुँडिखेलमा (फोटो फिचर)

By खबरहब

September 03, 2022

काठमाडौं- सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुँडिखेलमा धुमधामका साथै मनाइएको छ । 

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरूप पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।