फाइल फोटो

अन्तर्राष्ट्रिय

स्वदेश फर्किएका राजापाक्षेलाई पक्राउ गर्न माग

By खबरहब

September 03, 2022

काठमाडौँ – स्वदेश फर्किएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेलाई पक्राउ गर्न माग गरिएको छ। प्रदर्शनकारी नेताहरुले उनलाई गिरफ्तार गर्नुपर्ने माग गरेका हुन् ।

जुलाईमा प्रदर्शनकारीले उनको सरकारी आवासमा प्रवेश गरेपछि राजापाक्षे भागेका थिए। ७३ वर्षीय राजापाक्षेले सिंगापुरबाट नै राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी थाइल्यान्डको ब्यांकक पुगेका थिए।

‘कुनै देशले पनि लिन नमानेपछि गोटाबाय फर्केका छन्। उनीसँग लुक्ने ठाउँ छैन,’ शिक्षकहरुको ट्रेड युनियनका नेता जोसेफ स्टालिनले भने।

‘उनलाई तुरुन्त पक्राउ गरिनुपर्छ। श्रीलंकाका २ करोड २० जनतालाई दुःख दिएकोमा उनलाई मुद्दा चलाइनुपर्छ,’ उनले भने, ‘मानौँ केही नभएजसरी उनी आनन्दले बस्न पाउनु हुँदैन।’ एजेन्सी