खेलकुद

लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

By खबरहब

September 03, 2022

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको ६९ औं मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन् ।भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।

यस बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ ।लिभरपुल पाँचौं स्थानमा रहेको छ ।एभर्टन ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।