काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे । बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए । खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १७ औं मिनेटमा सेर्जियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए । जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ ।रियल शीर्ष स्थानमा रहेको छ ।