क्रिकेट

दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला

By खबरहब

October 03, 2022

काठमाडौं – घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल अगावै २-० ले जितेको छ।

आइतबार राति भारतले १६ रनको जित निकाल्यो। २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनमा समेटियो।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित १ सय ६ रन बनाए। क्विन्टन डी ककले अविजित ६९ रन बनाए। भारतका अर्शदिप सिंहले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो। भारतका सूर्यकुमार यादवले ६१ रन बनाए।

यस्तै, केएल राहुलले ५७ रन, विराट कोहलीले अविजित ४९ रन, कप्तान रोहित शर्माले ४३ रनको योगदान गरे। दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए।