राजनीति

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

By खबरहब

October 03, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । 

अध्यक्ष ओली दशैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् । अध्यक्ष ओलीले मंगलबार झापामा दशैँ तिहार, छठ लगायतका पर्वहरूको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । 

अध्यक्ष ओलीले यसपालिको टिक झापा मै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कने बताइएको छ ।