पाठकले पनि छाडे विवेकशील साझा

By खबरहब

October 03, 2022

काठमाडौँ – विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

उनले विवेकशील साझाबाट अलग भए तापनि विगत ५ वर्षमा प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेन्डा प्रवर्द्धन गर्ने बताएका छन् । आफू आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने पाठकले स्पष्ट पारेका छन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु।