सम्झौतापछि हात मिलाउँदै इथियोपिया सरकारका रेडवान हुसैन रामेतो र टिग्रे पिपुल्स लिबरेसन फ्रन्टको प्रतिनिधित्व गर्ने गेटाचेउ रेडा । तस्बिर : एपीएफ

अन्तर्राष्ट्रिय

इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता

By खबरहब

November 03, 2022

काठमाडौं – इथियोपियामा सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्ने सम्झौता भएको छ। इथियोपियामा दुई वर्षको द्वन्द्व रोक्न दुवै पक्ष सहमत भएका हुन्।

इथियोपिया सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्न सम्झौता भएको हो। अफ्रिकी युनियनले सम्झौतालाई नयाँ बिहानी भन्दै स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ।

सम्झौता भएसँगै खाद्यान्न सङ्कट खेपिरहेको इथियोपियामा सहायता वितरण पुनः सुरु गर्न दिनुपर्नेछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तरी टिग्रे क्षेत्रका करिब ९० प्रतिशत नागरिकलाई खाद्यान्न सहयोगको आवश्यकता छ।

उक्त क्षेत्रका करिब एक तिहाइ बालबालिका कुपोषणबाट ग्रस्त छन्।