राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र सार्वजनिक 

By खबरहब

November 03, 2022

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उसले आफ्नो वाचापत्र सार्वजनिक गरेको हो ।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहित रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।