बैंक/वित्त

कामना सेवा विकास बैंक र दराजबीच सम्झौता

By खबरहब

November 03, 2022

काठमाडौँ – कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको ११.११ छुट योजना कार्तिक २५ गते देखि लागू हुनेछ । 

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, आफ्नो ग्राहकलाई छिटो कार्ड कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।