सांकेतिक तस्बिर

राजनीति

नमूना मतदानमा शतप्रतिशत मत सदर

By खबरहब

November 03, 2022

सुदूरपश्चिम- आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।

सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ खसेकामा सबै मत सदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयको पहलमा भएको नमूना मतदानमा घोडाघाडी नगरपालिकाका प्रमुख खड्क रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए ।

सो अवसरमा नगरप्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताए । निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यही मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदान सम्बन्धमा जानकारी दिने उद्देश्यले नमूना मतदान गरिएको बताए । जिल्लाका अन्य ठाउँमा पनि नमूना मतदानको तयारी गरिएको छ ।