सांकेतिक तस्वीर ।

अपराध

बालिका बलात्कारका आरोपित पक्राउ

By खबरहब

November 03, 2022

तनहुँ – १० वर्षीया बालिका बलात्कार आरोपमा शुक्लागण्डकी नगरपालिका-८ गणपतेका ६३ रामजीबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्षेत्रीलाई बिहीबार पक्राउ गरेको हो ।

आरोपितले बुधबार बिहान घर नजिकैको जंगलमा पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा बिहीबार उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।