फाइल फोटो

राजनीति

देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता : रामचन्द्र पौडेल

By खबरहब

November 03, 2022

तनहुँ – नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र घरघरमा रोजगारी बनाउने आफ्नो मुख्य योजना रहेको बताएका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–६ साराङ्गघाट तथा आँबुखैरेनी गाउँपालिका ६ मा आज आयोजित बेग्लोबग्लै कार्यक्रममा उनले गाउँमानै बसु बसु बनाउन त्यहाँ आवश्यक पूर्वाधार विकास निर्माण बनाउनुपर्नेमा जोड दिए ।

गाउँको विकासमा जोड दिदै गाउँबाट शहरमा बसाईसराई हुने प्रवृत्तिलाई निराकरण गर्ने मुख्य लक्ष्य राखेर अघि बढेको उनले बताए। हिजो पदमा रहँदा नरहँदा पनि जिल्ला र देशको विकासमा सशक्त रुपमा लागेको बताउँदै नेता पौडेलले आउँदा दिनमा पनि यस क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता देखिएको उनको भनाइ थियो ।