फाइल फोटो

समाचार

तनहुँमा प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो

By खबरहब

November 03, 2022

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र तनहुँ आइपुगेको छ । निर्वाचन आयोगले तनहुँका लागि मतपत्र बुधबार जिल्ला ल्याइपु¥याएको हो ।

जिल्लाका लागि पाँच लाख ४८ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फको मतपत्र र आवश्यक सबै सामग्री जिल्ला आइपुगेको उनले बताए । क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई लाख ७४ हजार र २ को लागि दुई लाख ७६ हजार थान मतपत्र आइपुगेको छ ।

क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधिसभाको प्रदेशसभा (१) का लागि ७४ हजार र प्रदेशसभा (२) का लागि ६३ हजार मतपत्र आएको छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ । यस प्रतिनिधिसभाको प्रदेशसभा (१) का लागि ७४ हजार र प्रदेश ९२० का लागि ६२ हजार मतपत्र आइपुगेको छ ।

मतदाता भन्दा पाँच प्रतिशत बढी मतपत्र प्राप्त भएको निर्वाचन अधिकारी ढकालले बताए । मतपत्र च्यातिने र कुनै मतपत्र बिग्रिएको हुन सक्ने भएकाले पाँच प्रतिशत बढी मतपत्र आएको उनले जानकारी दिए ।

समानुपातिक मतपत्र भने जिल्लामा आइसकेको छ । समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच लाख ५० हजार मतपत्र आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।