ब्रेकिङ स्टोरी

अर्यालभन्दा गुरुङ २ हजार ७१ मतले अगाडि

By खबरहब

December 03, 2022

पाल्पा – प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र क्षेत्र नम्बर २ स्याङ्जामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २२ हजार १२० मतका साथ अग्रता कायमै राखेका छन्।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत पाएकी छन्। गठबन्धनका दलहरुको साथ पाएका गुरुङ अर्यालभन्दा २ हजार ७१ मतले अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकाराज गुरुङले ७ हजार ३२ मत पाए।

प्रदेशसभा (ख) तर्फ पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका महेश भट्टराईले ९ हजार ८६९ मत पाएका छन् भने एमालेका बुद्धिमान श्रेष्ठले ९ हजार ८४६ प्राप्त गरेका छन्। भट्टराई जम्मा २३ मतले अगाडि छन्।