ब्रेकिङ स्टोरी

बाजुरामा बद्री पाण्डे २ हजार ७४९ मतले अगाडि

By खबरहब

December 03, 2022

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार शनिबार बिहान ७ बजेसम्मको सार्वजनिक मत परिणाम अनुसार पाण्डेले ९ हजार ९५९ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले ७ हजार २१० मत ल्याएका छन्। पाण्डे र थापाबीचको मतान्तर २ हजार ७४९ रहेको छ।

निर्वाचन भएको ११ दिनपछि बिहिबार सुरु भएको मतगणना शुक्रबार मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको थियो।

९ बजेदेखि रोकिएको मतगणना आयोगको परिपत्रसँगै दिउँसो ३ बजेपछि सुरु भएको थियो।