फाइल फोटो

राजनीति

कमल थापा नेतृत्वको राप्रपा नेपाललाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ?

By खबरहब

December 03, 2022

काठमाडौँ- कमल थापा नेतृत्वको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ । राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश नम्बर १ मा ३,३९१ मत पाएको छ ।

यो पार्टीले बागमती प्रदेश सभामा समानुपातिकतर्फ ५६७५ मत प्राप्त गरेको छ भने मधेश प्रदेशमा ६,५२२ मत ल्याएको छ ।  यस्तै गण्डकीमा ९०५ मत पाएको राप्रपा नेपालले लुम्बिनी प्रदेशमा भने ३,३४९ मत प्राप्त गरेको छ । यसैगरी यो पार्टीले गरी कर्णाली प्रदेशमा ६०६ मत र सुदूरपश्चिम प्रदेशमा १,२३९ मत ल्याएको छ ।