फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु

By खबरहब

December 03, 2022

काठमाडौँ- पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दिउँसो ४:५० बजे आगलागी भएको थियो । दुर्घटनास्थलमा फसेका सात जनालाई उद्धारपछि अस्पताल लगिएको थियो । मृतकहरुको आकस्मिक उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।