फाइल तस्वीर

राजनीति

पत्रकार भट्टराईको निधनमा महासंघले १३ दिन कामकाज ठप्प गर्ने

By खबरहब

December 03, 2022

काठमाडौँ- नेपाल पत्रकार महासंघ सप्तरीको शनिबार बसेको आकस्मिक बैठकले महासंघको साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ ।

सप्तरी शाखाका संस्थापक अध्यक्ष एवं मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईको निधन भएपछि पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा बेसेको बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ ।

नेपाल पत्रकार महासंघ शोकमा रहेकोले महासंघले १३ दिनसम्म दैनिक कामकाज ठप्प गर्ने, शोक पुस्तिका राख्ने, महासंघको पुस २ गते गर्ने भनिएको साधारण सभा अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरिएको सचिव रामनारायण विश्वासले जानकारी दिए ।

भट्टराईको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आज शनिबार हुने भनिएको साधारण सभामा सहभागी हुन शुक्रबार लालबन्दी गएका थिए ।

राति खाना खाएर कोठामा सुत्न गएका भट्टराई बिहान मृत फेला परेका थिए । भट्टराईको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।