फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानको विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत इन्धन आयातमै खर्च

By खबरहब

December 03, 2022

काठमाडौँ– पाकिस्तानले कूल विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत इन्धन आयातमा खर्चिने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार पाकिस्तानले हाल २१ अर्ब ४३ करोड अमेरिकी डलर इन्धनको आयातमा खर्च गर्दै आएको छ ।

यो रकम पाकिस्तानको कूल विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत हुन आउने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानमा कोइलाबाट सञ्चालित उर्जा केन्द्रहरु आयातित कोइलामा निर्भर रहेको जनाइएको छ । पाकिस्तानले आयातित कोइलामा नै विदेशी मुद्राको ठूलो हिस्सा खर्चिने गरेको छ ।