तस्वीर- द वायर

अन्तर्राष्ट्रिय

भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता

By खबरहब

December 03, 2022

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ ।

भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् ।

भारतको रक्षा मन्त्रालयपछि सबैभन्दा ठूलो रोजगारदाता कम्पनीको सूचीमा दोस्रो स्थानमा अमेरिकाको रक्षा मन्त्रालय रहेको छ । अमेरिकी रक्षा मन्त्रालयले २९ लाख १० हजार जनालाई रोजगारी दिँदै आएको छ ।

त्यस्तै, तेस्रो स्थानमा चीनको जनमुक्ति सेना र चौथो स्थानमा अमेरिकी निजी कम्पनी वालमार्ट रहेका छन् ।