फाइल फोटो

समाचार

चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

By खबरहब

December 03, 2022

काठमाडौ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरु भने रोजगारीको खोजीमा भारत जान थालेका छन् ।

चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको सङ्ख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।

“स्थानीय स्तरमा रोजगारीको अवसर छैन”, उनले भने, “गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेसँगै गाउँमा पुरुषको सङ्ख्या पातलिन थालेको हो ।” हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवाहरु भारत जान बाध्य भएको उनको भनाइ छ ।

यहाँका प्रायजसो युवादेखि वृद्धसम्मका धेरै जसो व्यक्तिहरु रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ ।

स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मङ्सिरदेखि फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरु बढी हुने यहाँका स्थानीयवासी बताउँछन् ।

रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा जाने गरेका छन् ।