खेलकुद

विश्वकप फुटबल : अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा

By खबरहब

December 03, 2022

काठमाडौँ -कतारमा जारी विश्वकप फुटबलमा नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा इन्टरनेशनल स्टेडियममा शनिबार राति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्याण्ड्स अघिल्लो चरणमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सको लागि मेम्फिस डिपे, डली ब्लिन र डेनजल मुम्फ्रिसले गोल गरे।भने अमेरिकाका लागि आजी राइट्सले एक गोल फर्काए। खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको अतिरिक्त समयमा ब्लिनले अग्रता दोब्बर बनाए। ७६ औं मिनेटमा अमेरिकाका हाजी राइट्सले गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याएका थिए। तर त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्को गोल थप्दै सहज जित हात पार्यो। खेलको ८३ औं मिनेटमा डेन्जेल डुम्फ्रिसले गोल गर्दै अग्रता ३–१ मा पु¥याएका हुन्। हारसँगै अमेरिका विश्वकपबाट बाहिरीएको छ ।