समाचार

करिब १२ लाख जना कोरोना संक्रमित थपिए

By खबरहब

January 04, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार ११ लाख ८२ हजार ३७६ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा करिब ३ लाख, बेलायतमा डेढ लाखभन्दा बढी र स्पेनमा करिब एक लाख थपिएका छन् ।

अमेरिकामा २ लाख ९७ हजार, बेलायतमा एक लाख ५७ हजार, स्पेनमा ९३ हजार, इटलीमा ६८ हजार, फ्रान्समा ५७ हजार र टर्कीमा ४४ हजार जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ५ लाख २९ हजार कोरोनामुक्त भएका छन् भने ४ हजार १० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा फ्रान्समा ६३ हजार, अमेरिकामा ५१ हजार, बेलायतमा ५० हजार, जर्मनीमा ३७ हजार, टर्कीमा २७ हजार र रुसमा २४ हजार छन् ।

मृत्यु हुनेमा रुसमा ८३५, अमेरिकामा ५६०, जर्मनीमा १९६, टर्कीमा १६०, इटलीमा १४० र युक्रेनमा ११४ छन् ।