अन्तर्राष्ट्रिय

भारतमा थप १७ सय जनामा ओमिक्रोन, दिल्लीका मुख्यमन्त्री केजरीवाल फेरि संक्रमित

By खबरहब

January 04, 2022

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएसँगै संक्रमितको संख्या बढेको हो ।

औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् ।

नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ ।

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् ।