आर्थिक

सुन र चाँदीको मूल्य सामान्य घट्यो

By खबरहब

January 04, 2022

काठमाडौँ – नेपाली बजारमा आज (मगंलबार) सुनको मूल्य ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।