समाचार

३९३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

By खबरहब

January 04, 2022

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या ३ छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।