आर्थिक

शेयर बजारमा उच्च अंकको वृद्धि

By खबरहब

January 04, 2022

काठमाडौँ– शेयर बजारमा मंगलबार ६३ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ ।