समाचार

विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख संक्रमित थपिए

By खबरहब

February 04, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख २८ हजार ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा ब्राजिलमा २ लाख ८६ हजार, फ्रान्समा २ लाख ७४ हजार, जर्मनीमा २ लाख ४० हजार, अमेरिकामा २ लाख ३० हजार, रुसमा एक लाख ५५ हजार, इटलीमा एक लाख १२ हजार र टर्कीमा एक लाख ७ हजार छन् ।

यही अवधमिा २३ लाख ६६ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २३५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ३३०, ब्राजिलमा ९२३, रुसमा ६६७, इटलीमा ४१४, बेलायतमा ३२१, फ्रान्समा २६४, टर्कीमा २३३ जर्मनीमा १८६ जना छन् ।